
गजल
कति पुज्छौ जुन सानी, अरुहरूले टेकिसके,
घरधन्दामा तिमी भुल्दा, सबले संसार छेकिसके,
खेलौना झैँ सोची आफै, रमाउछौ घर-संसारमा
कोहीले चुमे सगरमाथा, कोहीले तक्मा ठोकिसके,
उठ्नु पर्छ सानी अब हिम्मत लिइ शिखर चुम्ने
कुच्चोसंग तिमी खेल्दा, धेरैले कुची बोकिसके,
मेरी दिलकी रानी अनि, मेरी जून तिमी भन्दै
अघि बढ्ने बाटो तिम्रो, स्वार्थीहरूले रोकिसके,
बुझ्नु पर्छ अब तिमीले असल खराब के हो भनि
ढोल बाजा, पशु, नारी, एक भनी, आफ्नैले तोकिसक ेll
Thursday, May 6, 2010
कति पुज्छौ जुन सानी
Subscribe to:
Post Comments (Atom)
.jpg)
No comments:
Post a Comment